Newslaya Home

खोटाङको दिक्तेल बजारमा आगलागी, २ घर जलेर नष्ट

शुक्रबार २३, कार्तिक २०७५

खोटाङ । खोटाङको दिक्तेल बजारमा आगलागी भएको छ । शुक्रबार बिहान साढे ३ बजेबाट लागेको आगोले दुई वटा घर जलेर नष्ट भएका छ।  

आगलागीबाट स्थानीय जानुका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको खोटाङ प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले आगो नियन्त्रणमा लिएका छन्।  आगलागीको कारण भने खुल्न सकको छैन।