Newslaya Home

​सोलुखुम्बु भ्रमणमा आएका दुई विदेशीको एकै दिन मृत्यु

शुक्रबार २३, कार्तिक २०७५

सोलुखुम्बु । सोलुखुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको एकै दिन मृत्यु भएको छ । 

सोलुखुम्बु प्रहरीका अनुसार सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको बिहीबार मृत्यु भएको हो ।

खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् ।

यस्तै, युक्रेनका नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करमा रहेको लालिगुँरास होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

दुवै मृतकको शव  पोष्टमार्टमका लागि काठमाडौ‌ लगिएको छ ।