Newslaya Home

एक हुने तयारीमा राप्रपा, राजसंस्था र हिन्दू राष्ट्र नछाड्ने

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । फुटेर तीन पार्टी बनेका राप्रपा धारका तीन दलले एकताको तयारी गरेका छन् । कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाबीच एकता हुन लागेको हो । 

एकताको लागि विभिन्न चरणमा वार्ता भइरहेका छन् ।

एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीनवटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले बताए ।

कार्यकर्ताको चर्को दबाबका कारण पनि आफूहरु मिलेर जाने पक्षमा रहेको उनले बताए । 

उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनका अनुसार नेतृत्वका विषयमा समेत विवाद मिलिसकेको छ । 

उनले पार्टी एकतापछि आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र नै आफूहरुको धार रहेको बताए ।