Newslaya Home

राष्ट्रपति भण्डारीले दिइन् भाइटीकाको शुभकामना

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।

भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने राष्ट्रपति भण्डारीले बताइन्।  

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त्त गरिन्। 

तिहार पर्वको अन्तिम दिन भाइटीका लगाउने गरिन्छ।