Newslaya Home

धादिङमा दुर्घटना २० जना घाइते, ६ को अवस्था गम्भीर

शुक्रबार २३, कार्तिक २०७५

धादिङ । धादिङमा भएको दुई वटा दुर्घटनामा २० जना घाइते भएका छन् । 

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा २ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ठक्कर खाँदा १८ जना घाइते भएका छन् । 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । 

यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।