Newslaya Home

​उदयपुरमा तिहारमा बालेको दियोबाट आगलागी

बिहीबार २२, कार्तिक २०७५

उदयपुर । उदयपुरमा लक्ष्मी पुजाका दिन बालेको दियोबाट एक घरमा आगलागी भएको छ । चौदन्डीगढी नगरपालिका–७ हाङबजार स्थित कृष्ण बहादुर बि.क.को घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 

तिहारमा बालीएको दियोबाट आगो सल्कीन गई बि.क.को घरमा आगलागी भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय जनताको सहयोगमा रातको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।