Newslaya Home

​माओवादी आक्रमणमा चार जनाको मृत्यु

बिहीबार २२, कार्तिक २०७५

काठमाडौं । विधानसभा चुनाव आउनै लाग्दा माओवादीहरूले गरेको आक्रमणमा परी चार जना मारिएका छन् । 

बिहीवार सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ) को वाहनमा आक्रमण गरेपछि एक जवानसहित चार जना मारिएका हुन् । 

भारतको छत्तीसगढ राज्यमा भएको उक्त आक्रमणमा माओवादीहरूले दन्तेवाडामा बसनजिक आईडी विस्फोट गराएका थिए । 

यसै क्षेत्रमा केही दिनअघि दूरदर्शनका एक क्यामराम्यान मारिएका थिए । 

सीआईएसएफका दुई जवान घटनामा घाइते भएको दन्तेवाडा प्रहरी सुपरीवेक्षक अभिषेक पल्लवले बताए । 

जवानहरू बजारबाट अन्न किनेर शिविरतर्फ आउँदै गर्दा बचेली डाँडामा विस्फोट भएको थियो । घटनामा मारिएका सर्वसाधारणमा बस चालक, कन्डक्टर र सफाइ कर्मचारी छन् ।