Newslaya Home

बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

बिहीबार २२, कार्तिक २०७५

कैलाली । बोक्सीको आरोपमा कैलालीमा एक महिलामाथि कुटपिट भएको छ । घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट भएको हो ।

राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेका हुन् । कालीचरणलाई कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।

राधाले दिएको किटानी जाहेरीका आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले बताए ।

कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने डीएसपी वलीले जानकारी दिए ।