Newslaya Home

​क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्यो, थुप्रैको ज्यान गएको आशंका

बिहीबार २२, कार्तिक २०७५

क्‍यालिफोर्निया । दक्षिणी क्‍यालिफोर्नियाको एक बार क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा थुप्रै ज्यान गएको अनुमान गरिएको छ ।

बुधबार मध्यरातमा लस एन्जलस नजिकैको थाउज्यान्ड्स ओक्स क्षेत्रमा रहेको उक्त बारमा ती बन्दुकधारी पसेर अन्धाधुन्ध गोली बर्साएका थिए । बारमा कलेजको पार्टी भइरहेको थियो ।

अन्धाधुन्ध गोली चलाउने ती बन्दुकधारीको पनि ज्यान गएको सुरक्षाकर्मीले जानकारी दिएको छ। 

घटनामा ज्यान जानेको संख्या प्रहरीले यकिन गरिसकेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले गोली चलाउन थालेपछि बारमा आतंकको अवस्था सिर्जना भएको थियो ।