Newslaya Home

​दिपावलीमा करेन्ट र आगोले दुई बालकको मृत्यु, गाडीमै जले बालक

बिहीबार २२, कार्तिक २०७५

सर्लाही । दिपावलीको दिन सर्लाहीको मलङ्गवा र ब्रहम्पुरी गाउँपालिकामा दुई बालकको ज्यान गएको छ । 

मलंगवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ भने ब्रह्मपुरीमा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ । 

दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो । 

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको हो ।