Newslaya Home

सरकारले महाकवि देवकोटाको जन्मघर किनेर संग्रहालय बनाउने

बिहीबार २२, कार्तिक २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघर किनेर संग्रालय बनाउने घोषणा गरेका छन् ।

महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटाको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि संग्रहालय आवश्यकता रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर भग्नावशेषको अवस्थामा रहेको   काठमाडौं धोबीधारास्थित जन्मघर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर संग्रहालय बनाउने उदघोष गरेका थिए ।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा. पदमप्रसाद देवकोटा बस्दै आएका छन् । 
वि.सं. १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौं लोकप्रिय कृति प्रकाशित छन् ।