Newslaya Home

​१ सय ५० वर्ष पुरानोे इनारको यसरी हुँदैछ सरसफाई (फोटो फिचरसहित)

- बाबुराम कार्की
बिहीबार २२, कार्तिक २०७५

प्रकाशपुर । रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यस्थापन समितिले मन्दिर परिसर क्षेत्रभित्र रहेको इनारको सरसफाई थालेको छ ।

रामधुनी मन्दिर परिसरमा रहेको झन्डै १ सय ५० वर्ष पुरानो उक्त इनारको सरसफाई सुरु गरेको मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताए । 

इनारभित्र भएको फोहोरलाई सफा गरी चार–पाँच ट्यांकर गंगाजल हालेर इनारलाई प्रयोगमा ल्याउने प्रयास भइरहेको कार्कीले बताए । 

सफाइपछि इनारको माथि स्टीलको ढकान राखेर जलदेविको मूर्तिसमेत राखिनेछ । इनारको संरक्षण र हेरचाह गर्न एक जनालाई जिम्मा समेत दिने तयारी गरिएको बताइएको छ ।

उनले मन्दिर परिसरभित्र रहेका संरचनाहरुलाई व्यवस्थापन गरी रोजगारीसमेत सृजना गर्ने गरी काम थालिएको जानकारी दिए गुठी व्यस्थापन समितिका सदस्य गणेश कार्की र विष्णु खतिवडाको नेतृत्वमा इनार सफाई भईरहेको छ । 

सुनसरीको रामधुनि नगरपालिका वार्ड नं ४ रामधुनी जंगलमा अवस्थित रामधुनी मन्दिर बराक्षेत्र नगरपालिका र भोक्राहा नरसिङ्ग गाउँपालिकाको सीमा, जङ्गलको बिच भागमा अवस्थित छ ।

यो मन्दिर त्रेता युगमा श्री रामचन्द्रले बनबासको क्रममा धुनी बालेको ठाउँको रुपमा हिन्दु धर्माबलम्बीहरुले पुजा गर्ने गरेका छन् । 

यो ठाउँमा रामचन्द्र एक रात बास बसेको र बसेको स्थान छाडी हिड्दा आफ्ना पाउका एक जोर खराऊ छाडी गएको भन्ने कथन छ । मन्दिरमा एक जोर खराउसमेत छ । जसको पुजा गर्ने गरिन्छ । यस्तै बलिरहने धुनीसमेत छ । 

यहाँ रामनवमी विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्री, तीज आदि जस्ता पर्वहरुमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको छ ।