Newslaya Home

शिक्षक सेवा आयोगको वेबसाइट ह्याक, खोल्दा अंग्रेजी गीत बज्छ

बिहीबार २२, कार्तिक २०७५

काठमाडौँ । शिक्षक सेवा आयोगको वेबसाइट ह्याक भएको छ । टिएससी डट जिओभी डट एनपी ह्याक गरिएको हो । 

तिहारमा सरकारी कार्यालय बिदा रहेका बेला आयोगको वेबसाइट ह्याक भएको हो । 
बिहीबार बिहान खोल्दा यो साइट ह्याक भएको पाइएको थियो । साइटमा एउटा सन्देश छाडिएको थियो ।

ह्याक गरिएको वेबसाइटमा ह्याक्ड बाइ एक्स ड्यास एम थ्री एन लेखिएको छ । साइटको अग्रपृष्ठमा एउटा तस्बिर राखिएको छ । यो साइटमा खोल्दा अंग्रेजी भाषाको गीतसमेत बज्छ । 

नेपाली सरकारी साइटहरु कमजोर सुरक्षा व्यवस्थाका कारण बारम्बार ह्याकरको निसानामा पर्दै आइरहेका छन् ।