Newslaya Home

​मृगौला फेरिएका कैदीको उपचारका क्रममा मृत्यु

बिहीबार २२, कार्तिक २०७५

झापा । जिल्ला कारागार झापाका एक कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो ।

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रसाईं २०७३ असोज १० गतेदेखि १२ वर्षे कैद भुक्तान गर्दै आइरहेका थिए ।