Newslaya Home

​ओलम्पिक छनोटमा नेपालले आज भारतसँग खेल्दै

बिहीबार २२, कार्तिक २०७५

काठमाडौं । ओलम्पिकअन्तर्गत एसिया छनोट फुटबलको पहिलो खेलमा नेपाली महिला टिमले आज (विहिबार) भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले स्थानीय समयअनुसार ३ बजे म्यानमारको थुवुन्ना रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

ओलम्पिकअन्तर्गत एसिया छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आयोजक म्यानमारसँग ११ तारिखमा खेल्ने छ । त्यस्तै, तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।

समूह ‘सी’मा रहेको नेपाल उत्कृष्ट प्रदर्शन गर्दै उपविजेतासम्म भएर ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ ।