Newslaya Home

​उपसभामुख तुम्बाहाम्फे आज बेलायत प्रस्थान

बिहीबार २२, कार्तिक २०७५

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फे आज बेलायत प्रस्थान गरेकी छिन् । कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन तुम्बाहाम्फे बेलायत गएकी हुन् ।

उक्त सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यस्तैगरी यही कात्तिक २४ गते ‘भिजिट नेपाल– २०२०’ को प्रवद्र्धनका लागि उच्चस्तरीय समिति घोषणा गर्न बेलायतस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख तुम्बाहाम्फे सहभागी हुने कार्यक्रम रहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।