Newslaya Home

​भाटभटेनी सुपरमार्केटको दूधजन्य खाद्य बस्तु बिक्री वितरणमा रोक

बिहीबार २२, कार्तिक २०७५

काठमाडौ । भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अखाद्य वस्तु फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । 

बुधबार महाराजगंजस्थित स्टोरमा अनुगमन गरेपछि गुणस्तरहिन पाइएको थियो । सरकारले विगत २ महिनायता तरकारी, दूध, मासु, खानेपानी, तेल लगायतका दैनिक उपभोग्य खाद्य बस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादकहरुको कारखानामा शिलबन्दी समेत गर्दै आएको छ ।