Newslaya Home

SKIP

​आज तिहारको चौथोः गाई, गोरु र गोवद्र्धनको पूजा गरिँदै

बिहीबार २२, कार्तिक २०७५

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको आज चौथो दिन गाई, गोरु र गोवर्द्धन पर्वतको पूजा गरी मनाइदैछ ।

आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्द्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्द्धन पर्वतको पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहेको छ ।

यस्तै आजै महादेवको बहनाका रूपमा रहेको गोरुको पूजा गरी रोटी, बाबर, पिठो आदि खानेकुरा खुवाउने गर्दछन् । आज साँझ पुरुषहरू समूहमा जम्मा भएर देउसी खेल्ने परम्परा समेत रहेको छ ।