Newslaya Home

​विशाखाको पर्खाइमा सार्वजनिक (म्युजिक भिडियोसहित)

बुधबार २१, कार्तिक २०७५

इटहरी । इटहरी घर भएकी विशाखा भट्टराईको पहिलो गीत पर्खाइमा सार्वजनिक भएको छ । 
न्यूजलय डट कमको युट्युब च्यानलमार्फत् उनको गीत तथा भिडियो सार्वजनिक भएको हो । उनको यो गीतलाई न्यूजलयले उत्पादन गरेको छ ।

लेखन, गायन तथा संगीत भट्टराईको रहेको गीतको रेकर्ड इटहरीको पाथिभरा डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो । खाद्य विज्ञानमा स्नातक उत्तीर्ण गरेकी विशाखा गायनका साथै नृत्यमा समेत पोख्त छिन् । 

गीतको म्युजिक भिडियोलाई पत्रकार हिमाल दाहालले निर्देशन र छाँयाकन गरेका छन् । 

भिडियोको सम्पादन भने रोहित खनालले गरेका हुन् । गीत तथा भिडियो निर्माणका क्रममा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेस र दिब्यजल पिउने पानीले सहयोग गरेका छन् ।

पूर्वका खबरहरुलाई प्राथमिकता दिँदै समाचार सम्प्रेषण गरिरहेको न्युजलय डट कमले पहिलो पटक गीत निर्माण गरेको जानकारी दिएको छ ।