Newslaya Home

​नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड मोबाईलमा समस्या देखिएको छ । 

सिस्टममा आएको खराबीका कारण समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ । पोष्टपेड मोबाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेको छ ।

उक्त समस्या समाधान हुन केही समय लाग्ने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।