Newslaya Home

​चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । चलचित्र ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झुम्की’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । 

मीना निरौला र राजन इशानको स्वर रहेको गीतको भिडियोमा प्रियंका कार्की, सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरीको अभिनय देख्न सकिन्छ । 

गीतले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम विश्वस्त छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । 

पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेको मुख्य भूमिकामा रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । 

चलचित्र यहि मंसिर २८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।