Newslaya Home

जापानमा एउटा यस्तो कम्पनी, जहाँ सुतेको पनि तलब पाइन्छ

बुधबार २१, कार्तिक २०७५

कुनै पनि अफिसले कर्मचारीलाई काम गरेको समयको तलब दिन्छ । कतिपय अफिसमा त कर्मचारीले आफ्नो काम अनुसारको तलब समेत प्राप्त गर्न सकिरहेका हुँदैनन् । तर दुनियाँमा एउटा यस्तो कम्पनी पनि रहेको छ जसले आफ्ना कर्मचारीलाई राम्रो तलब मात्र होइन मोज मस्ती गर्ने तथा मज्जाले सुत्ने समेत समय दिन्छ । र, यी सबै कार्यका लागि रकम भुक्तानी गर्दछ ।

त्यो जापानको क्रेजी इंक नामक कम्पनी हो, जसले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिन्छ । कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

कर्मचारीले नसुति पनि सुतेको छु भनेर नढाँटुन भनि कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ ।


जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय छुट्याउने गर्दैनन् । जसले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो ।