Newslaya Home

​बर्सिलोना र इन्टर मिलान बराबरीमा, बार्सिलोना शीर्ष स्थानमै

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानले एक–एक गोलको बराबरी खेलेका छन् ।

इन्टरको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुवै टिम गोलरहित भए पनि दोस्रो हाफमा बार्सिलोना पहिले अग्रता बनाउन सफल भएको थियो । बार्सिलोनका लागि मल्कोनले ८३ औ मिनेटमा कोउन्टिन्होको पास मार्फत गोल गरेका थिए ।   

त्यस्तै इन्टर मिलानका लागि अर्जेन्टिनी खेलाडी माउरो इमायुनल इकार्डीले ८७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीपछि समूह बी मा रहेको बार्सलोना १० अंकसहित पहिलो स्थान मै रहेको छ भने इन्टर मिलान दोस्रो स्थानमा छ ।