Newslaya Home

​प्रियंकाको विवाहमा बलिउडका कसैलाई पनि निम्तो छैन्

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । अमेरिकी गायक निक जोनस र बलिउड नायिका प्रियंका चोपडा  डिसेम्बर दुई तारिखमा हुने भनिएको विवाहमा बलिउडका कसैलाई निम्तो नभएको बताइएको छ ।

प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमा निकै गोप्य तरिकाले गरिने पिंकभिल्लाको एक रिपोर्टले बताएको छ । रिपोर्टका अनुसार उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि आमन्त्रण गरिएको छैन् ।

संगीतलगायतका कार्यक्रम नोभेम्बर ३० र डिसेम्बर एक तारिखमा मेहरानगर फर्टमा हुने  छ भने विवाह जोधपुरस्थित उमैद भवन प्यालेस होलमा हुने भएको छ ।