Newslaya Home

अब वैदेशिक रोजगारीबाट फर्केका युवालाई १० लाखसम्म ऋण

बुधबार २१, कार्तिक २०७५

काठमाडौं  । अब सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने तयारी थालेको छ ।

विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो । 

 श्रम, रोजगर तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्तसचिव रामप्रसाद घिमिरेका अनुसार सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको छ ।

वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले हालैमात्र योजना तथा कार्यक्रम सार्वजानिक गर्दै ऋण दिने घोषणा गरेको हो । नेपाली युवाले पठाउने रेमिट्यान्स आय बैकिङ प्रणालीबाट भित्र्याउन त्यस्तो रकम उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग, पर्यटन, कृषि, व्यवसाय र रोजगारमूलक क्षेत्रमा खर्च गर्ने गरी ऋण दिने योजना ल्याएको बोर्ड कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।