Newslaya Home

​अब नेपाली नागरिकले विदेश जाँदा १५ सय डलरमात्रै लान पाउने

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र लान पाउने भएका छन् । मंगलबार एक परिपत्र जारी गरेरराष्ट्र बैंकले अन्य बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । 

बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो।