Newslaya Home

​आज लक्ष्मी पूजाः यस्ता छन् लक्ष्मी पूजाका विधिहरुः

बुधबार २१, कार्तिक २०७५

काठमाडौं । आज तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजा, आजको साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँन्छ । 

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । 

लक्ष्मी पूजाका विधिहरुः

१. शास्त्रका अनुसार घर सफा गर्न प्रयोग गरिने कुच्चो लक्ष्मीको प्रतिक मानिने गर्छ। त्यसैले लक्ष्मी पूजाको रात कुच्चो घरको छतमा राख्नु हुँदैन जसले घरमा चोरी हुने संकेत गर्दछ। अन्य दिनमा समेत कुच्चो लुकाएर राख्ने गर्नुपर्छ।

२. लक्ष्मी पूजाको दिन विहान सूर्य उदाउने समय सम्म सुत्नु हुँदैन। यस दिन विहान ढिलो सम्म ओछ्यानमा सुत्दा लक्ष्मी माता रुष्ट हुने र घरमा आर्थिक संकट आईपर्ने मान्यता रहेको छ।

३. यसैगरि यस दिन साँझको समयमा सुत्नु हुँदैन। यदि साँझमा सुतेमा लक्ष्मी माता क्रोधित हुने हुँदा विभिन्न हानी नोक्सानी हुने सम्भावना बढी हुने गर्छ।यमपञ्चकको तेस्रो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने गरिन्छ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार यस दिन घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।

४. दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने गर्नुपर्छ। यदि फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने हुन्छ।

५. लक्ष्मी पूजाको दिन परिवारका सदस्यहरुले अपशब्द बोल्ने वा झैँ-झगडा गरेमा लक्ष्मी रुष्ट हुने र घरमा अनिष्ठ हुन् सक्ने हुँदा यस कुरामा सचेत रहन आवश्यक हुन्छ।

६. दिपावलीको दिन लक्ष्मी माताको पूजा गर्दा कुच्चो समेत नजिक राखेर पूजा गर्नुपर्छ। यस दिन नँया कुच्चो किनेर घरमा राख्नु उत्तम मानिने गर्छ।यमपञ्चकको तेस्रो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने गरिन्छ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार यस दिन घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।