Newslaya Home

​प्रताप दास र मिलन अमात्यको देउसी गीत सार्वजनिक (भिडियोसहित)

मङ्गलबार २०, कार्तिक २०७५

काठमाडौं । गायक प्रताप दास र गायिका मिलन अमात्यको स्वर रहेको नयाँ देउसी भैलो गीत सार्वजनिक भएको छ । 

सार्वजनिक देउसी गीतमा हेम लामाको संगीतमा तथा दुर्गा खनाल घिमिरेको शब्द रहेको छ । दीपकराज घिमिरेले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा शंकर वि सी र जानुका कडेलको अभिनय रहेको छ । 

यस्तै भिडियोमा बाल कलाकार दिरोन घिमिरे र दृष्टि घिमिरेलाई पनि देख्न सकिन्छ । अमेरिकाको न्युयोर्कमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोमा बिदेशमा काम गर्ने नेपालीहरु महानपर्वमा पनि घर जान नपाएको पिडालाई समेटिएको छ ।