Newslaya Home

बिहे गरेको दुई घन्टामा हेलिकप्टर दुर्घटना, दुलहा दुलहीको मृत्यु

मङ्गलबार २०, कार्तिक २०७५

काठमाडौं । अमेरिकाको टेक्ससमा हेलिकप्टर दुर्घटना हुँदा नवविवाहित जोडी र पाइलटको मृत्यु भएको छ । 

दुई घन्टाअघि मात्र विवाह भएका ती जोडी (विलियम बायलर र बेली बायलर) २०६बी हेलिकप्टरबाट प्रीतिभोजमा भाग लिन जाने क्रममा दुर्घटनामा परेका हुन् ।

उनीहरु टेक्ससको एक विश्वविद्यालयमा कार्यरत थिए । 

त्यो हेलिकप्टर विलियम परिवारको निजी थियो । प्रीतिभोजको भेन्यु पुग्नुभन्दा केही किलोमिटर वरतिरै हेलिकप्टर दुर्घटनाग्रस्त भयो । टेक्ससको नेसनल ट्रान्सपोर्ट सेफ्टी बोर्डले दुर्घटनाको कारण पत्ता नलागेको बताए । 

बिहेपछि हेलिकप्टर उड्न लाग्दा अतिथिहरूले उक्त जोडीलाई मुस्कुराउँदै बिदा गरेका थिए । तर यसको केही समयपछि हेलिकप्टर एउटा सानो डाँडोमा ठोकियो । बिहेमा पुगेका एक पाहुना एरिक स्मिथले यसको जानकारी फेसबूकमा दिए ।