Newslaya Home

​विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थी अपहरण

मङ्गलबार २०, कार्तिक २०७५

काठमाडौं । पश्चिमी क्यामरूनको बमेन्दा शहरस्थित एक विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरण गरिएको छ । 

सोमबार बिहान भएको उक्त अपहरणको जिम्मेवारी हालसम्म कुनै पनि पृथकतावादी संगठनले लिएको छैन । सेनाका अधिकारीहरूले बताएअनुसार, राष्ट्रपति पल बियाको सरकारको विरोध गर्दै पृथकतावादीहरूले उक्त क्षेत्रमा कर्फ्यु लगाएका छन् ।

उनीहरूले प्रदर्शनका बेलामा विद्यालयहरू बन्द राख्न धम्की दिएका थिए तर सोमबार स्कूल खुलै रह्यो ।

सेनाका अधिकारीहरूका अनुसार, सबै बालबालिकालाई जंगल लगिएको छ । सरकारी प्रवक्ताले बालबालिकालाई खोज्नका लागि अभियान शुरू गरेको बताएपनि कुनै सफलता हात परेको छैन ।