Newslaya Home

​चलचित्र ‘गोर्खे’को सिन्की अचार सार्वजनिक (भिडियोसहित)

मङ्गलबार २०, कार्तिक २०७५

काठमाडौं । चलचित्र ‘गोर्खे’को नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष ढकालको निर्देशनमा बनेको चलचित्रको ‘सिन्की अचार’ बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

गीतको भिडियोमा चलचित्रका कलाकार रबिन्द्र प्रताप सेन र अञ्जली अधिकारीको अभिनय रहेको छ । सार्वजनिक गीतमा अन्जु पन्त र आरसी रिमालको स्वर रहेको छ । सन्तोष ढकाल निर्देशित चलचित्रमा हिमाल केसीको द्वन्द र मित्र डि गुरङको सम्पादन रहेको छ ।