Newslaya Home

​इन्डोनेसियामा आज ५.१ म्याग्निच्युडको भूकम्प

मङ्गलबार २०, कार्तिक २०७५

काठमाण्डौ । इन्डोनेसियामा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाइएको छ ।

स्थानीय समयअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको हो । यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा रहेको जनाइएको छ । 

गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । इन्डोनेसिया भूकम्पले बारम्बार सताउने देशको सुचीमा पर्दछ ।