Newslaya Home

​कोठा सफा गर्न अह्राउँदा नातीले हाने हजुरआमालाई गोली

मङ्गलबार २०, कार्तिक २०७५

काठमाण्डौ । अमेरिकाको एरिजोनामा ११ बर्षीय बालकले आफ्नै हजुरआमालाई गोली हानी हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका छन् ।  

६५ वर्षे हजुरआमा भोन्ने वुडार्डले नातीलाई आफ्नो कोठा सफा गर्न अह्राएकी थिइन् । त्यसै दिन बेलुका टिभी हेरिरहेका बेला नातीले पछाडिबाट आएर उनको टाउकोमा गोली हानेका थिए ।

भोन्नेका श्रीमान हर्बर्टले उनीलाई अस्पताल लैजाने तरखर गरिरहेका बेला आफ्ना ११ वर्षे नातीले आत्महत्या गरेको देखेका थिए ।

पुलिसका अनुसार उक्त हतियार हर्बर्टको हो । यसबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।