Newslaya Home

​क्यानडामा दुई हवाईजहाज ठोक्किँदा पाइलटको मृत्यु

मङ्गलबार २०, कार्तिक २०७५

काठमाडौं । क्यानडाको राजधानी ओटावाको दुईवटा हवाईजहाज ठोक्किँदा पाइलटको मृत्यु भएको छ ।

ओटावाको पश्चिम कार्प ओन्टारियोको आकाशमै दुईवट हवाई जहाज ठोक्किँएका हुन् । ठोक्किए लगतै एउटा हवाई जहाज भुइँमा खसेर पाइलटको मृत्यु भए पनि अर्को जहाजलाई ओटावाको अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरिएको थियो ।

आकासमै हवाई जहाज ठोक्किँनुको कारण भने पत्ता लागेको छैन । क्यानडाका सरकारी अधिकारीहरुले दुर्घटनाको जाँच भइरहेको बताएका छन् ।