Newslaya Home

​कर्मचारीहरुसँग माओवादी अध्यक्ष प्रचण्ड निराश

सोमबार १९, कार्तिक २०७५

विरानगर । नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्प कमल दाहालले कर्मचारीहरुप्रति असन्तुष्टि पोखेका छन् । 

नेकपा मोरङले विराटनगरमा दिपावलीको अबसरमा गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कर्मचारीहरुले परीर्वतनलाई आत्मसाथ गर्न नसकेको गुनासो गरे ।

अध्यक्ष दाहालले राजनीतिक नेतृत्वले अहिलेको ब्यवस्थाले जनताको हित गर्छ भनेर कर्मचारीहरुलाई बुझाउन र सिकाउन आवश्यक रहेको उनले बताए ।

उनले पार्टी एकतासँगै पार्टी नेतृत्व, कार्यकर्ताहरुको कार्यशैली तथा आचार ब्यवहारमा सुधार आवश्यक रहेको उनको भनाई थियो । 

अर्को प्रशंगमा दाहालले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुने बताए ।