Newslaya Home

​लिम्चुङ्बुङको पुर्वाधार विकास अवधारणा उत्कृष्ठ

सोमबार १९, कार्तिक २०७५

इटहरी । देशकै उत्कृष्ट पुर्वाधार बिकाश अवधारणाको रुपमा लिम्चुङ्बुङको पुर्वाधार विकास अवधारणा पुरस्कृत भएको छ । 

नेपाल इन्जिनियरस एशोसियनले पुरस्कृत गरेको हो । विक्रम श्रि लगायतको समुहले बनाएको यो अवधारणा पुरस्कृत भएको हो । यस गाउँपालिकाभित्र रहेका सानो हलेसी, पाँच धाम, किराँत बहुभाषिक पाठशाला र कृषि गाउँलाई गुरुयोजनाले समेटेको छ । 

खासगरी यो परियोजनाले हलेसी, लिम्चुङबुङ ताप्ली, रौता र उदयपुरगढीको पर्यटकीय रुट बनाउने योजना छ । तीन वर्षे परियोजना भएपनि टावर भने दुई वर्षमा नै निर्माण गर्ने योजना रहेको छ । टावरबाट पूर्वका आठ वटा हिमाल तथा तराईको सम्म फाँटसम्म देख्न सकिने बताइएको छ । 

योजना बनाउनको लागि आफूहरुको टिम नै लागिपरेको श्रिले जानकारी दिए । उनका अनुसार संस्कृतिविद् डा. सोम खतिवडा, आसाम युनिभर्सिटिकी आर्किटेक्ट मितु मलिहारी, थोपा सिँचाई कृषि अभियन्ता डा.खोजबहादुर कटुवाललगायत विज्ञहरुको संलग्नता छ ।