Newslaya Home

निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने

सोमबार १९, कार्तिक २०७५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाउने भएको छ ।

यो वर्षको सुरुको ५ महिना नियमित रुपमा भाउ बढाएको निगमले दशैं र तिहारको बिचमा पेट्रोलियममा उच्च घाटा रहेपनि भाउ बढाएको छैन । तथापी निगमले छठ लगत्तै तेलको मूल्यमा उच्च वृद्धि गर्ने भएको छ ।

स्वचालित मूल्य समायोजन गर्ने नीति लिएको निगमले पेट्रोलियमको बिक्रीमा उच्च नाफा हुँदा पेट्रोलियमको भाउ घटाएको थिएन । तथापी पछिल्लो समय खाडी मुलुकहरुको टकराव तथा डलरमा भएको उच्च मूल्य वृद्धिको कारण तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै उकालो लागेपछि निगमले स्वचालित मूल्य समायोजनको कुरालाई उठाएको छ ।

स्वच्छ छविका मन्त्रीका रुपमा परिचित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि आयल निगमको मूल्य बढाउने नीतिमा निरन्तर साथ दिइरहेका छन् । 

दैनिक जिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य नियमित रुपमा तलमाथी गर्दा यसको असर उपभोक्ताले पर्न जान्छ । 

निगम भने नियमित घाटामा भएका कारण भारतीय आयल निगमलाई भुक्तानी दिने पैसाको अभाव हुन थालिसकेकाले पनि छठ लगत्तै भाउ बढाइ घाटा कमगर्ने योजनामा रहेको बताइरहेको छ ।

श्रोतका अनुसार मन्त्री यादवको सहयोगमा छठपर्व पछि निगमले पेट्रोलियम पदार्थहरुमा झ्याप्पै मूल्य बढाउने तयारी गरिरहेको छ ।