Newslaya Home

विराटनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सोमबार १९, कार्तिक २०७५

विराटनगर । विराटनगरको मुनालपथमा सोमबार बिहान यात्रुबाहक बस मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–५ का ३८ वर्षीय मनोजकुमार मोदी रहेका छन् ।

विराटनगर बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबहाक बसले १० प ६२५९ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको उपचारका लागि विराट नर्सिङ होम पुर्‍याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालक सिरहा घर भएका २९ वर्षीय दीपेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।