Newslaya Home

​अमेरिकाले इरानमाथि लगायो कडा प्रतिबन्ध

सोमबार १९, कार्तिक २०७५

काठमाडौं । अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्णयसँगै इरानमा विरोध प्रदर्शन भइरहेको छ ।
ट्रम्प प्रशासनले सन् २०१५ मा भएको आणविक सम्झौता अन्तर्गत हटाइएका सबै प्रतिबन्धलाई पुनबर्हाली गरेको छ । 

उक्त प्रतीबन्धले इरानी अर्थतन्त्रका केन्द्रीय अंगका रूपमा रहेको तेल निर्यात, जलयातायात र बैंकमा असर पार्ने जनाइएको छ ।

देशको प्रतिरक्षात्मक क्षमतालाई सिद्ध गर्नका लागि सोमवार र मंगलवार हवाई अभ्यास गर्ने इरानी सेनाले जनाएको छ ।