Newslaya Home

​चार अर्बको लगानीमा विराटनगरमा भ्यु टावर बन्ने

सोमबार १९, कार्तिक २०७५

विराटनगर । करिब चार अर्ब रुपैयाँ विराटनगरमा भ्यु टावर निर्माण हुने भएको छ ।
 
आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, हिक्मत कार्की, जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा भ्यु टावर शिलन्याश गरेका थिए । 

विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुनलागेको उक्त भ्यु टावर ११० मिटरको अग्लो हुने जनाइएको छ। टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन सेन्टर तथा डिपार्टमेन्ट सेन्टर हुने महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए। 

विराटनगर–३ आयल निगम छेउमा रहेको एक बिगाहा सात कट्ठा क्षेत्रफलमा टावर निर्माण हुन लागेको हो। टावर निर्माणका लागि उक्त जग्गा सितलु राजवंशीले दान गरेका हुन्। 

विराटनगर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार तथा नीजि क्षेत्रको लगानीमा बन्ने टावर विराटनगरको पहिचान हुने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए।