Newslaya Home

आज विराटनगरमा नेकपाको चियापान, सम्बोधन गर्न प्रचण्ड आउँदै

सोमबार १९, कार्तिक २०७५

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलपनि सहभागि हुने भएका छन् । 

सोमबार दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जानकारी दिए ।

विराटनगरमा आएर संयुक्त रुपमा पहिलो पटक प्रचण्डले सम्बोधन  गर्न लागेका हुन् ।


हरेक वर्ष शुभकामना कार्यक्रम गर्दै आएको भएपनि यो वर्ष पार्टी एकिकरणको वर्ष भएकोले संयुक्तरुपमा नेताहरुलाई बोलाएर नेकपाले शुभकामना आदान प्रदान गर्न लागेको हो ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आमसर्वसाधारण, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, विभिन्न पेशा तथा समुदायका व्यक्तिहरुको उपस्थिती रहने नेकपाले जनाएको छ ।