Newslaya Home

​तेह्रथुमको एक गाउँपालिकाले थाल्यो डिप बोरिङ गरि खानेपानी वितरण

आइतबार १८, कार्तिक २०७५

तेह्रथुम । तेह्रथुमको एक गाउँपालिकाले डिप बोरिङ गरि खानेपानी वितरण गर्न थालेको छ । छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गर्न थालेको हो ।

गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको  हो ।

भूमिगत स्रोतलाई खानेपानीमा प्रयोग गर्न जिल्लामै पहिलो पटक छथर गाउँपालिका–५ बिखे बस्तीबाट डिप बोरिङमार्फत पानी निकालिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिए ।

एक हजार ७०० मिटर उचाइको डाँडामा १३२ मिटर तलबाट डिप बोरिङ गरी पानी निकालिएको छ ।