Newslaya Home

​बार्सिलोनाद्वरा रायो भालेसानो ३–२ गोलले पराजित

आइतबार १८, कार्तिक २०७५

काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेसानोलाई हराएका छ । 

रायो भालेसानोको खेल मैदानमा भएको खेलमा बार्सिलोना ३–२ को गोल अन्तरले जित हाँसिल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले २ गोल गरेका थिए भने ओसुमाने डेम्बेलेले १ गोल गरेका थिए । त्यस्तै भालेसानोका लागि जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए । 

स्वारेजले ११ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको ३५ औं मिनेटमा पोजाले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । त्यसपछि खेलको पहिलो हाफमा दुवै टिमबाट कुनैपनि गोल हुन सकेन । 

खेलको दोस्रो हाफमा ५७ औं मिनेटमा ग्रासियाले भालेसानोको लागि गोल गर्दै २–१ को अग्रता बनाएका थिए । तर खेलको ८७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको ९० औं मिनेटमा स्वारेजले बार्सिलोनाका लागि थप एक गोल गरे । 

यस जितसँगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।