Newslaya Home

कसरी थाहा पाउने एचआईभी भएको ?

आइतबार १८, कार्तिक २०७५

एचआईभी र एड्स एउटा गम्भिर रोग हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । 

अविकसित देश मात्र होइन विकसित देशमा यस रोगबाट धेरैको मृत्यु भएको पाइन्छ । असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित रगत, एचआईभी संक्रमित आमाले जन्माएको बच्चा र प्रयोग गरिएका सुई (इन्जेक्सन)बाट यो रोग सर्ने गर्छ ।

एचआईभी संक्रमण भएको लामो समयसम्म पनि यो रोग पत्ता लगाउन कठिन हुन्छ । यदि तपाईले थोरै सावधानी अपनाउनु भयो भने यो रोग लागेको समयमै थाहा हुन्छ ।

जान्नुहोस् यसका लक्षणहरुः

टाउको दुख्ने समस्या
एचआईभीको भाइरसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । जसका कारण नियमित जस्तो टाउको दुखिरहन्छ । यदि तपाईमा पनि लगातार टाउको दुख्ने तथा घाँटी दुख्ने समस्या छ भने रगत परीक्षण गराइहाल्नुहोस्, एचआईभी लागेको हुनसक्छ ।

लामो समयसम्म ज्वरो आउनु
सामान्यतया ज्वरो आउनु एक आम समस्या हो । तर यो बिमारी लामो समयसम्म रह्यो भने एचआईभी लागेको प्रारम्भिक लक्षण हुन सक्छ । यदि तपाईलाई लामो समयसम्म ज्वरो आइरहेको छ भने तुरुन्त चिकित्सकसँग परामर्श गरेर रगत परीक्षण गराउनुहोस् ।

थकान
एचआईभीका जीवाणुले हाम्रो शरीरको कार्यक्षमतामाथि नराम्रो असर गर्छन् । यस्तो अवस्थामा मानिसहरु धेरै थकान महसुस गर्छन् । यदि तपाईलाई पनि काम नै नगरी थकान लाग्छ भने सावधान हुनुहोस् । यो एचाईभी लागेको प्रारम्भिक लक्षण हुनसक्छ ।

सुख्खा खोकी लाग्नु
लामो समयसम्म सुख्खा खोकी लागिरहनु पनि एचआईभीको लक्षण हुनसक्छ ।

मांसपेशी दुख्ने समस्या
एचआईभी पीडित व्यक्तिमा मांसपेशी दुख्ने समस्या हुन्छ । यदि तपाईमा पनि लगातार मांसपेशी दुख्ने समस्या छ भने सावधान रहनुहोस्, कतै एचआईभी त लागेको छैन ?

शरीर चिलाउनु तथा छालामा दाग देखिनु
भनिन्छ कि तपाईको छालाले नै शरीरको बारेमा सबै थोक बताउँछ । यो कुरामा धेरै हदसम्म सत्यता पनि छ । एचआईभी संक्रमण हुँदा पनि छालाले चेतावनी दिन्छ । यदि छाला चिलाउने तथा दाग र धब्बा देखिने समस्या छ भने यो एचआईभीको लक्षण पनि हुन सक्छ ।

एकाग्रतामा कमि आउनु
एकाग्रतामा भारी मात्रामा कमी आउनु, चाहेर पनि आफ्नो काम वा पढाईमा पूरा ध्यान दिन नसक्नु एचआईभीको लक्षण हुन सक्छ ।

तौल घट्दै जानु
संक्रमित व्यक्तिको तौल एक्कासी भारी मात्रामा घट्दै जान्छ । यो रोग लागेपछि आफूलाई मन पर्ने खाना पनि मन नपर्ने तथा खान मन नलाग्ने हुन्छ ।

रातको समयमा पसीना आउनु
यो रोगबाट संक्रमित व्यक्तिलाई रातको समयमा सधैँ पसीना आउने, बेचैनी हुने हुन्छ भने निन्द्रा नलाग्ने समस्याले सताउँछ ।

अस्वस्थ्य र पहेँलो नङ
एचआईभीको शिकार हुने मानिसको हात खुट्टाको नङ पहेँलो हुन्छ ।