Newslaya Home

​तोङ्ग ईल मोदो विश्व कपमा नेपालले जित्यो ६ स्वर्ण

शनिबार १७, कार्तिक २०७५

इटहरी । भारतमा भएको १० औं ‘तोङ्ग ईल मोदो विश्व कप–२०१८’मा नेपालले ६ वटा स्वर्ण, ३ वटा रजत र ७ वटा कास्य पदक जितेको छ । 

विश्व तोङ्ग ईल मो–दो र इन्डिया तोङ्ग ईल मोदो महासघंको आयोजनामा अक्टोबर ३० देखि नोवेम्बर २ सम्म भारतको नयाँ दिल्ली तालकाटोर इन्डोर स्टिडियममा भएको उक्त प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको हो ।  

साथै प्रतियोगता अन्तर्गत सामुहिक कला प्रदर्शनीमा दोस्रो स्थान र टिम च्याम्पियनसिप नेपाल तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

स्वर्ण पदक जित्नेमा पुजा चौधरी (सुनसरी), रितु चौधरी (कैलाली), पवन हमाल (कैलाली), अनिता बिस्ट (कैलाली), कृष्ण नेपाली (दाङ्ग) र प्रसान्त चौधरी (कैलाली), रजत पदक जित्ने हरुमा धिरज चौधरी (कैलाली), रेसम सिंह (कैलाली), झलक साही (सुर्खेत) र कास्य पदक जित्नेहरुमा बिस्वजित गुरुङ ईलाम (झापा), बिश्वास चौधरी (झापा), नम बिस्ट (कैलाली), एन्जल चौधरी (कैलाली), तिर्थ चौधरी (कैलाली) र मिना बस्नेत (कैलाली) रहेका छन् ।