Newslaya Home

​खेलकुद मेला सम्पन्न

शुक्रबार १६, कार्तिक २०७५

मोरङ । मेन्छयायेम गाउँपालिका वडा नं. ६ सल्लेरीमा आयोजित खेलकूद मेला सम्पन्न भएको छ । 

अल्लारे युवा क्लबको आयोजनामा सल्लेरीस्थित लक्ष्मी माविको प्राङ्गणमा पुरूष तथा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । बुधबार सम्पन्न फाइनल खेलमा पुरूषतर्फ न्यू स्टार क्बल क्यौरेनी र महिलातर्फ एएफसी प्रजाङ्गले उपाधि हात पा¥यो । 

पुरूषतर्फ युवा जागरण समाज मोराहाङ र महिलातर्फ जुनेली असिने उपविजेता बन्यो । न्यू स्टार क्लबले युवा जागरणलाई ४–३ र एएफसी प्रजाङ्गले जुनेली असिनेलाई ट्राइभरेकरमा पराजित ग¥यो ।

न्यू स्टार क्लबले उपाधिसँगै ३५ हजार रूपैयाँ प्राप्त ग¥यो भने उपविजेता युवा जागरण समाजले २० हजार रूपैयाँ प्राप्त ग¥यो । एएफसीले उपाधिसँगै ८ हजार रूपैयाँ र जुनेली असिनेले ५ हजार रूपैयाँ प्राप्त ग¥यो । समापन कार्यक्रममा नृत्य प्रतियोगितासमेत आयोजना भएको थियो । 

तेह्रथुम जिल्ला प्रतिनिधिसभाका माननीय सांसद भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यता तथा मेन्छयायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङको विशिष्ट आतिथ्यता रहेको थियो ।  

उक्त कार्यक्रममा मेन्छयायेम गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शिवनाथ खापुङ, वडा नं. ६ का वडा अध्यक्ष प्रदिपकुमार बुढाथोकी, वडा सचिव कृष्ण घिमिरे, वडा नं. ६ का वडा सदस्यहरू श्रीप्रसाद लिम्बू ९शुक्र०, लोकमाया भट्टराई, गौखुरी युवा क्लबका अध्यक्ष खगेन्द्रमणि सम्बाहाङ्फे, लक्ष्मी आविकी प्रधानाध्यापक भीममाया तामाङ खापुङलगायतको उपस्थिति रहेको थियो ।