Newslaya Home

​इटहरीकी पुजाले जितिन् अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण

शुक्रबार १६, कार्तिक २०७५

इटहरी । इटहरीकी तङ–इल–मो–दो खेलाडी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण जितेकी छिन् । 

तङ–इल–मो–दो सुनसरीकी खेलाडी चौधरीले तङ–इल–मो–दो विश्व कप २०१८ मा स्वर्ण जितेकी हुन् । भारतको दिल्लीमा भइरहेको प्रतियोगितामा उनले यो उपलब्धी हाँसिल गरेकी हुन् ।

तङ–इल–मो–दो युनिफाइड मार्सल आर्टअन्तर्गतको खेल हो । यो खेल नेपालका विभिन्न जिल्लाहरुमा खेलाइन्छ भने विश्वका ४० देशहरुमा यो खेलको विस्तार भइसकेको छ ।

प्रतियोगितामा नेपाल सहित २० राष्ट्रको खेलाडीहरूको सहभागिता छ । नेपालबाट  सहभागिता जनाएकी चौधरीले भारतका खेलाडीलाई पराजित गर्दै गोल्ड मेडल जितेकी हुन् ।

हिजो सम्मको खेलमा नेपालले प्रतियोगितामा सहभागि देशहरुमध्ये दोस्रो स्थानमा छ । पाँच पदक जितिसकेको नेपालले अरू खेल खेल्न बाँकी रहेको छ ।