Newslaya Home

​तिहार पछि सर्दा फूलका कृषक चिन्तीत

बिहीबार १५, कार्तिक २०७५

धरान । तिहारको समय सयपत्री फूल कृषकहरुका लागि मुख्य आयस्रोतको रुपमा लिने गरिन्छ । गाउँ नै ठकमक्क हुने गरि सयपत्री फूल फूले पनि तिहार पछि सर्दा फूल ओईलेर जाने चिन्तामा किसानहरु छन् ।

तिहारमा सयपत्री, मखमली फूलको मालालाई महत्वपुर्ण रुपमा लिने गरिन्छ । तिहारकै समयमा बारी भरि सयपत्री, मखमली फुल फूलने गर्दछन् । ठुलो एकादशीका दिन फूल कृषकहरुले सयपत्री, मखमली फूल बारीमा लगाउँछन् । सयपत्री, मखमलीको बजारलाई लक्षित गरि लगाईएको फूल बारी भरि फूले पनि तिहार पछि सर्दा बारीमै ओईलेर जाने अवस्थामा रहेको धरान ४ का कृषक कृष्ण राई बताउँछन् । 

अघिल्लो वर्षहरुमा फूल फूलने सिजन भन्दा अगावै तिहार आउँदा भारतको फूलको व्यापार बढ्ने गरेको थियो यस वर्ष भने स्वदेशकै गाउँका खेतबारीहरु मा ढकमक्क फूल फूलेकाले मुल्य पनि सस्तो हुने व्यापारीहरुको भनाई छ । व्यापारको सिजन धकेलिदाँ कारोबार पनि घट्ने व्यापारीहरुको भनाई छ ।  

विगतका वर्षहरुमा तिहारमा समयमा धरान स्थित कृषि उपज बजार स्थलबाट मात्रै १ करोड रुपैयाभन्दा बढीको फूल कारोबार हुने गरेको छ । फूल फूलने सिजन र व्यापार हुने समय निक्र्यौल गर्न नसक्दा किसानहरुले सोचे जस्तो आम्दानी पाउन नसक्ने भएका छन् ।