Newslaya Home

​बढी शुल्क लिने मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने

बिहीबार १५, कार्तिक २०७५

काठमाडौं । अब विद्यार्थीसंग अनावश्य शुल्क लिने मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ । सरकारले यो शैक्षिक सत्रमा एमबिबिएस र बिडिएस अध्ययनका लागि लाग्ने शुल्क नबढाउने निर्णयसँगै शुल्कको विषयमा छानबिन गरी कारबाही गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको हो । 

गत असोज २६ गतेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने छन् । सोही उजुरीका आधारमा प्रशासनले सम्बन्धित कलेजमा छानबिन गर्ने छ ।

मन्त्रीपरिषद्ले दुई वर्ष अघिकै शुल्क अनुसार एमबिबिएसका लागि शैक्षिक वर्ष २०७५÷७६ मा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बिडिएस तर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ लिन पाउने निर्णय गरेको थियो ।