Newslaya Home

​यस्ता छन् दैनिक एउटा ल्वाङ खानुका फाइदा

बुधबार १४, कार्तिक २०७५

ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट जोगाउँछ । 
चिसो याममा ल्वाङको सेवन एकदमै हितकारी मानिन्छ । रुघाखोकी लागेका बेला ल्वाङलाई पानीमा उमालेर पिउनाले फाइदा गर्छ । 

जान्नुहोस् ल्वाङका अन्य केही फाइदाहरुः

१. एसिडिटीः ल्वाङ खानाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुन दिंदैन ।

२. नरम छालाः ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

३. आँखाका लागिः अधिक मात्रामा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।
 
४. पिनासः यसमा ‘युजेनल’ पाइन्छ । बिहान–बेलुका ल्वाङको चिया पिउनाले पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

५. अनुहारमा चमकः दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।

६. मुटुको समस्याः दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

७. कमजोरी भगाउँछः यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ । 

८. घाउः ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

९. दाँत दुखाईः ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्न मद्दत गर्छ ।

१०. रोगसँग लड्ने क्षमताः यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।